Logout

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १४४ रुपैयाँ नजिक

507 Shares

काठमाडौँ, ५ डिसेम्बर – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा तोकिएको छ।

यस्तै, प्रमुख मुद्राको विनिमयदर यसप्रकार रहेको छ:

  • युरो: खरिद १६७.७३, बिक्री १६८.४४

  • ब्रिटिस पाउण्ड: खरिद १९१.८९, बिक्री १९२.६९

  • स्वीस फ्र्याङ्क: खरिद १७९.६१, बिक्री १८०.३६

  • अष्ट्रेलियन डलर: खरिद ९४.९७, बिक्री ९५.३७

  • क्यानेडियन डलर: खरिद १०२.८६, बिक्री १०३.२९

  • सिङ्गापुर डलर: खरिद ११०.९५, बिक्री १११.४२

जापानी येन, चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल लगायत अन्य मुद्राको विनिमयदर पनि आज निर्धारित गरिएको छ। १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले विनिमयदर आवश्यक परेमा जुनसुकै समयमा संशोधन गर्न सक्ने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार