Logout

पार्टी निर्णय उल्लंघन गरेपछि राप्रपा मधेशकी सांसद कञ्चन बिच्छा पदमुक्त

2.9k Shares

पार्टीको आधिकारिक निर्णय विपरीत एमाले नेतृत्वको सरकारमा सहभागी बनेकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मधेश प्रदेशकी सांसद कञ्चन बिच्छा पदमुक्त हुने भएकी छन् । राप्रपाको सिफारिसमा उनलाई पदबाट हटाउने प्रक्रिया अघि बढाइएको हो ।

 

कार्य परामर्श समितिमा भएको सहमतिअनुसार आज बुधबार मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिने कार्यक्रम रहेकाले पदमुक्तसम्बन्धी औपचारिक सूचना भने भोलि बिहीबार मात्र टाँस गरिने भएको छ । हाउस कल भएको दिन पदमुक्त गर्न नमिल्ने भएकाले बिहीबार उनलाई औपचारिक रूपमा बर्खास्त गरिने एक सहभागी सदस्यले जानकारी दिए ।

 

सांसद बिच्छा कात्तिक २४ गते सरोजकुमार यादव नेतृत्वको सरकारमा वनमन्त्री बनेकी थिइन् । पार्टीले सरकारबाट फिर्ता हुन निर्देशन दिए पनि उनले अटेर गरेपछि राप्रपाले स्पष्टीकरण सोधेको थियो । तर उनले स्पष्टीकरणमा कुनै जवाफ नदिएपछि पार्टीले साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट फिर्ता बोलाउने सिफारिस गरेको हो ।

 

यससँगै कञ्चन बिच्छाको मन्त्री र सांसद दुवै पद गुमेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार