Logout

स्थानीय बजारमा सुनको भाउ ३०० रुपैयाँले घट्यो, चाँदी भने १० रुपैयाँले बढ्यो

858 Shares

मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो दिन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुन आज ३०० रुपैयाँले घटेर २ लाख ५३ हजार ३०० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यस्तै, चाँदीको मूल्य भने आज १० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ५४५ रुपैयाँमा पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार