Logout

आज पनि उकालो लाग्यो सुनचाँदीको मूल्य

1k Shares

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्यको क्रमिक वृद्धि र मागमा आएको परिवर्तनका कारण नेपालको भित्री बजारमा सुनचाँदीको मूल्य आज पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रति तोला सुनको मूल्य रु २,५२,२०० पुगेको छ। चाँदीको भाउ पनि बढ्दै प्रति तोला रु ३,४९० मा निर्धारण गरिएको छ।

शुक्रबारको तुलनामा आजको मूल्य केही बढी हो। शुक्रबार सुन रु २,५०,६०० प्रतितोला तथा चाँदी रु ३,३४५ प्रतितोला दरमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४,१७५ अमेरिकी डलर र चाँदी ५४ अमेरिकी डलर मा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार