ट्रेन्डिङ

Logout

नेपाली बजारमा सुन–चाँदीको मूल्यमा तीव्र वृद्धि

4.6k Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य एकै दिनमा २ हजार ८०० रुपैयाँले उकालो लागेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार प्रतितोला सुनको मूल्य बढेर २ लाख ४२ हजार ३०० रुपैयाँ पुगेको छ।

यसअघि मंगलबार प्रतितोला सुन २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

 

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

महासंघका अनुसार बुधबार प्रतितोला चाँदी ३ हजार १५० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ, जुन मंगलबारको ३ हजार ९० रुपैयाँभन्दा उच्च हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार