1.4k
Shares
शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ६ सय रुपैयाँले र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।
महासङ्घले प्रकाशित गरेको आजको मूल्य सूचकाङ्कअनुसार छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिन अर्थात् बिहीबारको तुलनामा ६ सय रुपैयाँले बढी हो।