ट्रेन्डिङ

Logout

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो

5.4k Shares

पाली बजारमा आज सुनचाँदीको मूल्यमा घटावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४५ रुपैयाँले सस्तो भएको हो।

महासङ्घले जनाएको अनुसार, आज सुन प्रतितोला दुई लाख ३८ हजार ३०० रुपैयाँमा खरिद–बिक्री भइरहेको छ।

यसअघि आइतबार सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेर प्रतितोला तीन हजार १५ रुपैयाँमा झरेको छ। आइतबार चाँदी प्रतितोला तीन हजार ६० रुपैयाँमा कारोबार भएको थियो।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ९८० अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार