सुनसरी । सुनसरी जिल्ला स्थित हरिनगर गाउँपालिका वडा नम्बर १ साबिक रामनगर भुटाहा माझी टाेलमा आइतबार साँझ डाइस खेल्ने क्रममा दुई समूह बिच झडप भएको हाे ।
दुई समूह बिच भएको झडपले सुरुमा सामान्य विवाद भए पछि पुनः साेही बिवादले दोहोरो झडप हुँदा दुवै समुहका ११ जना घाइते भएका छन् । झडप स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
सूचना पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनास्थलमा पुगेर विवाद नियन्त्रणमा लिएको थियो । हाल सम्म घटना स्थलमा प्रहरी परिचालन गरिएको छ । विवाद भएको स्थल समान्य रहेकाे छ ।
दुई समुहकाे विवादमा घाइते हुनेहरू चन्दन सदा २६ वर्षकाे टाउकोमा चोट, हरिनगर स्वास्थ्य चौकीमा उपचाररत,पचुवा मलाहा सदा ५० वर्षकाे आँखामा चोट, विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचाररत,राजु दास ४० वर्षकाे टाउको र नाकमा चोट, नोबेल अस्पताल विराटनगरमा उपचाररत,राजा सिद्दिकी २५ वर्षकाे टाउकोमा चोट, स्थानीय मुन्ना मेडिकलमा उपचारपछि डिस्चार्ज,सोहेल अन्सारी २० वर्षकाे घुँडामा चोट, उपचारपछि डिस्चार्ज,साजिर सिद्दिकी २४ वर्षकाे टाउकोमा सामान्य चोट, उपचारपछि घर फर्किएका,अजमल हुसेन ५२ वर्षकाे शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका र फैजान अन्सारी २३ वर्षकाे शरीरमा सामान्य चोट, उपचारपछि घर फर्किएका छन् । घाइतेहरु हरिनगर गाउँपालिका भित्र कैं बासिन्दा रहेका छन् ।
जुवा खेल्ने र खेलाउने दुवै गलत कार्य हाे र कानुनी अपराध समेत हो घट्ना बारेमा गहन छानवीन गरी दोषीहरुलाई हदै सम्मको कारवाही गर्नु पर्ने स्थानीयहरुकाे माग समेत रहेकाे छ । कोही कहिले दोषीलाई संरक्षण गर्ने कार्य नगरियोस् । यो दुईचार जनाको कारण हरिनगर गाउँपालिका भित्र बारम्बार समान्य विवादले सामुदायिक स्तरमा लग्नेहरुलाई खोजी गरी आवश्यक कारवाही गरियोस् ।
समाजिक सद्भाव विथोल्न खोज्ने जो कोही भए पनि कानुनको दायरामा ल्याउनु पर्छ भन्ने स्थानीय बुद्धिजीवी धर्मगुरु सेराज फलाहीले माग समेत राखिएको छ । हरिनगर गाउँपालिका रामनगर भुटाहमा दुई समुह विचको सामान्य विवादमा दुई समुदाय आमनेसामने आउनाले विगतमा समेत यस्ता घट्नाहरु कयौं भएका छन् । सदियौं देखि सौहार्दपूर्ण वातावरणमा बस्दै आएका हिन्दू-मुस्लिम समुदाय यसरी आमनेसामने आउनु निन्दनिय हाे । हरेक गाउँमा हरेक समुदाय बिच सदभावपुर्ण र धार्मिक सहिष्णुता जिउने हरेक नागरिककाे अधिकार हाे ।
समाजका अगुवा, स्थानीय सरकार, प्रहरी प्रसासनले यसतर्फ ध्यान दिएर गहन अध्ययन गरी बढ्दै गई रहेकोले यस बिषयमा अनुसन्धान गरि जाे काेही भए कानुनी दायरामा ल्याउन समेत सेराज फलाहीले माग गरेका छन ।