ट्रेन्डिङ

Logout

सुन–चाँदीको मूल्य नयाँ रेकर्डमा, सुन प्रतितोला २ लाख ५८ हजारमा कारोबार

5.8k Shares

नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ उच्चतम स्तरमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ५८ हजार रुपैयाँ कायम भएको छ।

 

बिहीबार २ लाख ५० हजार ९०० रुपैयाँको मूल्यभन्दा ७ हजार १०० रुपैयाँले वृद्धि भएको हो।

चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ, जुन बिहीबारको तीन हजार २७५ रुपैयाँको मूल्यभन्दा ७५ रुपैयाँले उच्च हो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च दरमा छ। आज सुन प्रतिऔँस करिब चार हजार ३६० अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव स्थानीय बजारमा पनि परिरहेको छ।

 

व्यापारीहरूले सुनको मूल्य वृद्धिलाई माग–आपूर्ति र अन्तर्राष्ट्रिय बजारमा सुनको स्थिर उच्च मूल्यसँग जोडेर व्याख्या गरेका छन्। आगामी दिनमा मूल्यमा थप उतार–चढाव आउन सक्ने चेतावनी समेत दिइएको छ।

सुनचाँदी व्यवसायी महासङ्घले लगानीकर्तालाई सतर्क रहन र बजारको चालअनुसार योजना बनाउन सुझाव दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार