4.7k
Shares
नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएको छ ।
पछिल्लो तथ्यांक अनुसार, आज एकैदिन सुन तोलामा २ हजार रुपैयाँले वृद्धि भई ऐतिहासिक रूपमा २ लाख ५० हजार रुपैयाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, आज सुनको मूल्य तोलामा २ लाख ५० हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ, जुन अघिल्लो दिनको तुलनामा २ हजार रुपैयाँले बढी हो। बुधबार सुन २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यससँगै चाँदीको मूल्यमा पनि सानो तर स्थिर वृद्धि देखिएको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य ३ हजार २४० रुपैयाँमा कारोबार भएको थियो।