ट्रेन्डिङ

Logout

नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान

3.7k Shares

केही दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ। बुधबार पनि सुनको मूल्यले नयाँ कीर्तिमान स्थापित गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७,९०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।

मंगलबार सुन प्रतितोला दुई लाख ५,९०० रुपैयाँमा कारोबार भएकोमा आज दुई हजार रुपैयाँले मूल्य बढेको हो।

चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला ५ रुपैयाँले घटेर दुई हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको तथ्याङ्कअनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३,५३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार