ट्रेन्डिङ

Logout

याँ रेकर्ड : सुन प्रतितोला दुई लाख पाँच हजार ९०० मा पुग्यो

3.1k Shares

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (मंगलबार) सुनको मूल्य प्रतितोला रु. २,०५,९०० कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

सोमबार प्रतितोला रु. २,०५,३०० मा कारोबार भएको सुन आज प्रतितोला रु. ६०० ले बढेको हो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु. १५ ले बढेर रु. २,४८५ पुगेको छ।

महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यका अनुसार सुनको मूल्य वृद्धिको प्रमुख कारण नेपाली उपभोक्ताको माग नभई विश्व राजनीति र अर्थतन्त्रमा उत्पन्न अस्थिरता हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३,४९४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार