4k
Shares
निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बससहित र्याली निकालेका छन्। उनीहरूले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने शब्द हटाउन माग गरेका हुन्।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्रालयबाट पारित विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन्।
यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त पहलमा र्याली आयोजना गरिएको हो। र्यालीका क्रममा चक्रपथको एक लेनमा निजी विद्यालयका पहेँला बसहरू लामबद्ध देखिएका थिए।
उनीहरूको प्रदर्शनका कारण कतिपय ठाउँमा अन्य यातायातका साधनलाई असुविधा भएको थियो।