Logout

सुन–चाँदीको मूल्यमा लगातार नयाँ रेकर्ड, सुन २ लाख ५ हजार नाघ्यो

2.5k Shares

प्रतितोला २ लाख नाघेपछि सुनको मूल्य दैनिक नयाँ रेकर्ड तोड्दै गएको छ। पछिल्ला केही दिनयता लगातार बढ्दो मूल्यका कारण सुनको कारोबार नयाँ उचाइमा पुगेको छ।

शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार रुपैयाँले बढेर २ लाख ३ हजार ६ सयमा कारोबार भएको थियो। यी दुवै दिनमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो।

आज सोमबार फेरि २ हजार रुपैयाँले बढ्दै सुन प्रतितोला २ लाख ५ हजार ३ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यससँगै सुनको मूल्यले फेरि एकपटक नयाँ उच्च विन्दु कायम गरेको छ।

चाँदीको मूल्य पनि नयाँ स्तरमा पुगेको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज २४७० रुपैयाँमा पुगेको छ।

महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य वृद्धि भइरहेकाले त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार