4.6k
Shares
विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट पारित भएको छ । बिहीबार बसेको समितिको बैठकले विधेयक पारित गरेको हो ।
तर, विधेयक पारित गर्दा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फरक मत राखेका छन् ।
माओवादी केन्द्रले निजी विद्यालयले दिने छात्रवृत्ति सम्बन्धी प्रावधान उपसमितिको निर्णयअनुसार समावेश गर्नुपर्ने मागसहित पाँच बुँदे फरक मत प्रस्तुत गरेको छ । त्यसैगरी, रास्वपाले पूर्ण छात्रवृत्ति आवाससहितको व्यवस्था गर्नुपर्ने माग राख्दै तीन बुँदे फरक मत दर्ता गरेको छ ।
राप्रपाले भने निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने प्रावधानमा असहमति जनाएको छ ।
समितिबाट फरक मतसहित पारित भएको यो विधेयक अब संसद् बैठकमा पेस हुने भएको छ ।