Logout

हरिनगरामा तेस्रो राधाकृष्ण रथ यात्राको सम्पूर्ण तयारी पूरा

8k Shares

सुनसरी। कृष्ण जन्माष्टमीको पावन अवसरमा आगामी भदौ १ गते हुने तेस्रो राधाकृष्ण रथ यात्राको सम्पूर्ण तयारी पूरा भएको छ। रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष मनोेज राउतका अनुसार यस वर्षको रथ यात्रा विगतका तुलनामा अझ भव्य र भक्ति–भावनाले परिपूर्ण हुने भएको छ।FB_IMG_1755263254369.jpg

आयोजकका अनुसार रथ यात्रामा विभिन्न झाँकी प्रदर्शन, भजन–कीर्तन, नृत्य, र भक्तिमय सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। रथ यात्रा हरिनगर गाउँपालिका–४, हरिनगरा बजारस्थित राधाकृष्ण मन्दिरबाट सुरु भई सम्पूर्ण बजार परिक्रमा गर्नेछ। यात्रा सांझको विशेष आरतीका साथ सम्पन्न हुनेछ।FB_IMG_1755263280811.jpg

यस वर्षको रथ यात्रा श्री राधाकृष्ण यात्रा महोत्सव २०८२ अन्तर्गत आयोजना गरिएको हो। मुख्य रथ भदौ १ गते दिउँसो २:०० बजे मन्दिर प्राङ्गणबाट प्रस्थान गर्नेछ। आयोजक रथ यात्रा महोत्सव मेला समारोह समितिका अनुसार कार्यक्रमलाई सुचारु र सुरक्षित रूपमा सम्पन्न गर्न आवश्यक सबै व्यवस्था मिलाइएको छ, जसमा स्वयंसेवक टोली, सुरक्षा व्यवस्था, तथा श्रद्धालुहरूको सुविधा व्यवस्थापन समेत समावेश गरिएको छ।

FB_IMG_1755263271824.jpg

स्थानीयवासी, भक्तजन तथा आसपासका क्षेत्रका श्रद्धालुहरूलाई भव्य र भक्तिमय रथ यात्रामा सहभागी भई पुण्य लाभ लिन आयोजक समितिले हार्दिक निमन्त्रण गरेको छ।FB_IMG_1755263269649.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार