ट्रेन्डिङ

Logout

याँ संसद् भवनबाट आउने अधिवेशन सञ्चालन गर्ने तयारी तीव्र

5.7k Shares

आउने संसद्को अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिइएको छ।

कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवन समयमै सम्पन्न गर्न निर्माणमा संलग्न व्यवसायीलाई निर्देशन दिनुभएको छ। उहाँका अनुसार विगतका कमजोरीहरू दोहोरिन नदिने गरी काम अगाडि बढिरहेको छ।

सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति को बैठकमा सिंहदरबारस्थित संसद् भवन निर्माणको हालको प्रगति र कार्यतालिका कार्यान्वयनबारे छलफल भएको थियो। सो अवसरमा मन्त्री सिंहले समयसीमा भित्रै काम सम्पन्न गर्न व्यवसायीलाई पुनः निर्देशन दिनुभएको हो।

समितिका सदस्यहरूले राखेका प्रश्नको जवाफ दिँदै उहाँले लापरवाही गर्ने निकायलाई पटक–पटक ध्यानाकर्षण गराइएको र थप गरिएको अवधिभित्रै विश्वसनीय कार्ययोजनाअनुसार काम भइरहेको बताउनुभयो। मन्त्रालय र सम्बन्धित विभागले निरन्तर अनुगमन गरिरहेको समेत जानकारी दिनुभयो।

उहाँले भने, “नयाँ संसद् भवनको काम समयमै नसकिएको कुरा सबैलाई थाहा छ। तोकिएको समयमा काम नगर्नेहरूमाथि मन्त्रालयले कडाइ गरिरहेको छ र अब कमजोरीहरू दोहोरिन दिइने छैन।”

काम छिटो सम्पन्न गर्न मन्त्रालय, इञ्जिनीयर, महानिर्देशक र आयोजना प्रमुखलाई बोलाएर निर्देशन दिइसकिएको पनि उहाँले स्मरण गराउनुभयो।

यसै प्रसङ्गमा, मन्त्रालयका सचिव गोपाल सिग्देलले गत वर्ष पुस दोस्रो साताभित्र काम सम्पन्न गर्ने कार्यतालिका बनाएर काम भइरहेको र निर्धारित तालिकाअनुसार अघि बढ्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। समितिका सदस्यहरूले पनि नयाँ अधिवेशन सुरू हुनुभन्दा पहिले संसद् भवन तयार पार्नुपर्नेमा जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार