Logout

नव निर्मित राधाकृष्ण मन्दिरको भव्य उद्घाटन कार्यक्रम देवानगञ्ज–१ मा सम्पन्न हुने

6.4k Shares

देवानगञ्ज। देवानगञ्ज गाउँपालिका वडा नं. १ मा नव निर्मित राधाकृष्ण मन्दिरको उद्घाटन तथा कलश यात्रा कार्यक्रम यही २०८२ साल श्रावण २३ गते भव्य रुपमा सम्पन्न हुने भएको छ।

स्थानीय फनिलाल दासले आफ्नो व्यक्तिगत लगानीमा एक कट्ठा जग्गा दान गर्दै भव्य र कलात्मक राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो। सामाजिक तथा धार्मिक चेतना फैलाउने उद्देश्यले निर्माण गरिएको यस मन्दिरको सम्पूर्ण कार्य सम्पन्न भएसँगै एक विशेष समितिको गठन गरी मन्दिर हस्तान्तरण पनि गरिसकिएको छ।

राधाकृष्ण मन्दिरका अध्यक्ष रामलखन मेहताका अनुसार, यस क्षेत्रमा अहिलेसम्म यस्ताे धार्मिक संरचना नभएकोले फनिलाल दासले आफ्नो पहल र लगानीमा मन्दिर निर्माण गरी समाजलाई धार्मिक धरोहरका रूपमा सुम्पिनुभएको हो। यस कार्यप्रति स्थानीयवासीले गहिरो कदर गर्दै उहाँलाई धन्यवाद तथा शुभकामना व्यक्त गरेका छन्।

मन्दिर उद्घाटनको अघिल्लो दिन श्रावण २२ गतेदेखि नै विभिन्न धार्मिक कार्यक्रमहरू सुरु हुनेछन्। श्रावण २४ गतेदेखि नवाह अष्याम (नवाह यज्ञ) कार्यक्रम हुनेछ जसमा विभिन्न धार्मिक अनुष्ठान, वेदपाठ, भजन–कीर्तन तथा प्रसाद वितरण समेत गरिनेछ।IMG20250726075047.jpg

यसै क्रममा मन्दिरमा राधा–कृष्णको मूर्ति प्राणप्रतिष्ठा पनि गरिनेछ, जसलाई सनातनी हिन्दू धर्ममा अत्यन्तै महत्वपूर्ण मानिन्छ।

प्राणप्रतिष्ठा भन्नाले के हो? प्राणप्रतिष्ठा भन्नाले देवमूर्तिमा दिव्य चेतना वा शक्ति स्थापना गर्ने आध्यात्मिक प्रक्रिया हो। हिन्दू सनातन धर्मअनुसार कुनै मूर्तिलाई पूजा–आराधनाको लागि योग्य बनाइ दिनु र त्यसमा देवताको ऊर्जा स्थापित गर्नु नै प्राणप्रतिष्ठा हो। यसको अर्थ, त्यस मूर्तिमा अब स्वयं भगवानको निवास भएको मानिन्छ र त्यसपछि उक्त मूर्तिलाई धार्मिक विधिपूर्वक पूजाआजा गरिन्छ।

यस मन्दिरको उद्घाटनसँगै देवानगञ्ज गाउँपालिका–१ मा धार्मिक तथा सांस्कृतिक गतिविधिहरू अझ प्रवाहशील हुने अपेक्षा गरिएको छ। मन्दिरले समुदायमा धार्मिक सहिष्णुता, संस्कार र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

यस मन्दिर निर्माण, कलश यात्रा, नवाह अष्याम र प्राणप्रतिष्ठा जस्ता कार्यक्रमहरूमा सम्पूर्ण स्थानीय, श्रद्धालु भक्तजन तथा सनातनी धर्मप्रेमीहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ।IMG-20250726-WA0001.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार