Logout

बबरमहलको होप फर्टिलिटी क्लिनिकमा अवैध डिम्ब कारोबार, पाँच जना पक्राउ

5.5k Shares

काठमाडौँ । काठमाडौंको बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ मा १८ वर्षमुनिका किशोरीहरूको डिम्ब अवैध रूपमा कारोबार गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पाँच जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा सीआईबीले गरेको अनुसन्धानमा यो क्लिनिकले निःसन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने बहानामा गैरकानुनी गतिविधि सञ्चालन गरेको पाइएको छ। क्लिनिकले १८ वर्षमुनिका किशोरीहरूलाई विभिन्न प्रलोभन देखाएर डिम्ब निकाल्ने र प्रति डिम्ब १० हजार रुपैयाँ दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सीआईबीका एक अधिकारीका अनुसार, किशोरीहरूलाई प्रलोभनमा पारी डिम्ब निकालेर कारोबार गर्ने गरेको पुष्टि भएपछि पाँच जनालाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकाहरूको नाम तत्काल सार्वजनिक गरिएको छैन, तर थप अनुसन्धानपछि विस्तृत विवरण खुलाइने सीआईबीले जनाएको छ।

यो घटनाले स्वास्थ्य संस्थाहरूमा हुने मानव अंगको अवैध कारोबारमाथि गम्भीर प्रश्न उठाएको छ। सीआईबीले घटनाको गहिरो अनुसन्धान गरिरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार