Logout

अध्ययन बिदाको दुरुपयोग गर्ने कर्मचारीसँग त्रिविको तलबभत्ता ब्याजसहित फिर्ता माग

5.6k Shares

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदाको नाममा सुविधा लिई सेवा नफर्कने शिक्षक तथा कर्मचारीहरूसँग तलबभत्ता ब्याजसहित फिर्ता माग गरेको छ। त्रिविले आज सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित व्यक्तिहरूलाई ३५ दिनभित्र उक्त रकम त्रिविको खातामा जम्मा गरी लिखित जानकारी आर्थिक प्रशासन शाखामा बुझाउन निर्देशन दिएको छ।

त्रिविका विभिन्न विभाग, क्याम्पस, अनुसन्धान केन्द्र, संकाय र कार्यालयमा कार्यरत कर्मचारी तथा प्राध्यापकहरूले स्नातक, स्नातकोत्तर वा विद्यावारिधि अध्ययनका लागि लिएको अध्ययन बिदाको अवधि त्रिविमै सेवा गर्नुपर्ने नियम भए पनि कतिपयले अध्ययन नगरी फर्किने वा विदेश गएर उतै लुकेर बस्ने गरेको पाइएको छ।

अनलाइनखबर डटकममा प्रकाशित समाचारपछि त्रिविले छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन अनुसार करिब ४ सय प्राध्यापकहरूले अध्ययन बिदाको दुरुपयोग गरेका छन्।

कतिपय शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा लिएर सो अवधिभर तलबभत्ता समेत लिएको तर पछि सेवामा नफर्किएको पाइएको छ। त्रिविको अनुमानमा यस्तो दुरुपयोगबाट दुई अर्ब रुपैयाँभन्दा बढी रकम असुल गर्न सकिनेछ।

त्रिविले अध्ययन बिदा दुरुपयोग गरी फिर्ता लिइने रकमलाई निवृत्तिभरण कोषमा जम्मा गरिने उल्लेख आर्थिक वर्ष २०८२/८३ को बजेटमा गरेको छ।TU-Notice.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार