Logout

एसईई नतिजा सार्वजनिक गर्ने तयारी, साढे १२ बजे बोर्ड बैठक बस्दै

5.1k Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको तयारी तीव्र बनाएको छ। नतिजा प्रकाशनको तयारीबारे छलफल गर्न आज दिउँसो साढे १२ बजे बोर्डको बैठक बस्दैछ। बैठकमा कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशनको प्रगतिबारे जानकारी दिनेछ।

एक बोर्ड सदस्यका अनुसार, कार्यालयले नतिजा प्रकाशनको तयारी पूरा भएको र कुनै त्रुटि नभएको जानकारी दिएपछि दोस्रो बैठक आह्वान गरिनेछ। दोस्रो बैठकले नतिजा सार्वजनिक गर्ने आदेश दिनेछ, र त्यसपछि नतिजा प्रकाशन हुनेछ।

परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको बताए। उनले तथ्यांक रुजु र इन्ट्रीको काम सम्पन्न भई भेरिफिकेशनको काम भइरहेको जानकारी दिए। "केही त्रुटि वा प्राविधिक समस्या नभए आजै नतिजा प्रकाशन गर्न सकिन्छ, तर यो पहिलो बोर्ड बैठकको निर्णयमा निर्भर रहन्छ," उनले भने।

असार ६ गतेभित्र नतिजा प्रकाशन गर्ने कार्यतालिका भए पनि २०८१ चैत २० देखि २०८२ वैशाख १७ सम्म शिक्षकहरूको काठमाडौंमा भएको सडक आन्दोलनका कारण नतिजा प्रकाशनमा ढिलाइ भएको हो। गत २०८१ चैत ७ देखि चैत १९ सम्म सञ्चालित एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार