ट्रेन्डिङ

Logout

पाँच महानगरपालिकाले बजेट पेस, काठ्माडौँमा दिदवले ढिलाइ

6.3k Shares

स्थानीय तहले असार १० गतेभित्र आर्थिक वर्ष २०८२/८३ को बजेट सभामा पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि छ महानगरपालिकामध्ये पाँचले मात्र यो कार्य सम्पन्न गरेका छन्। ललितपुर र विराटनगर महानगरपालिकाले मङ्गलबार, वीरगन्जले सोमबार, र भरतपुर तथा पोखरा महानगरपालिकाले त्यसअघि नै आफ्नो सभामा बजेट प्रस्तुत गरेका छन्।

काठ्माडौँ महानगरपालिकाले भने नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको आन्तरिक विवादका कारण बजेट पेस गर्न असफल भयो। अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहलाई असार १० भित्र बजेट पेस गर्न र असार मसान्तभित्र सभाबाट पारित गर्न अनिवार्य गरेको छ।

काठ्माडौँ महानगरपालिकाका सहप्रवक्ता धुव्रकुमार काफ्लेले प्राविधिक समस्याका कारण ढिलाइ भएको स्वीकार गर्दै असार मसान्तभित्र बजेट सभामा पेस गरिसक्ने र कानुनी म्याद ननाघ्ने गरी तयारी भइरहेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार