ट्रेन्डिङ

Logout

अमेरिकी विद्यार्थी भिसा अन्तर्वार्ता स्थगित, सामाजिक सञ्जाल निगरानी कडाइ हुँदै

4.6k Shares

अमेरिकामा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीका लागि भिसा अन्तर्वार्ता हाललाई रोकियो, सामाजिक सञ्जाल निगरानी हुने

अमेरिकी विदेश मन्त्रालयले हाललाई नयाँ विद्यार्थी भिसा अन्तर्वार्ताको तालिका स्थगित गरेको छ। मन्त्रालयले अमेरिकामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको सामाजिक सञ्जाल गतिविधिको निगरानी र जाँच गर्ने तयारी गरिरहेको छ।

विदेश विभागकी प्रवक्ता टेम्मी ब्रुसले बताएअनुसार, न केवल विद्यार्थीहरू, तर अमेरिका जान चाहने सबै व्यक्तिका सामाजिक सञ्जाल गतिविधिहरूको पनि निगरानी गरिनेछ। यस प्रकृयाका लागि समय र स्रोत आवश्यक पर्ने भएकाले नयाँ भिसा अन्तर्वार्ता हाललाई रोकिने भएको हो।

पहिले अन्तर्वार्ता भइसकेकाहरूलाई असर नपर्ने

अमेरिकी समाचार संस्था एपीका अनुसार, यो निर्णयले पहिल्यै अन्तर्वार्ता दिएका आवेदनकर्तालाई असर गर्ने छैन।

विदेश मन्त्री मार्को रूबियोद्वारा जारी गरिएको सर्कुलरमा, सामाजिक सञ्जालको निगरानीबारे स्पष्ट मार्गदर्शन जारी नहुञ्जेल कन्सुलर कार्यालयहरूले नयाँ अन्तर्वार्ता तालिका निर्धारण नगर्न भनिएको छ।

सामाजिक सञ्जालमा आधारित मूल्यांकनलाई प्राथमिकता

प्रवक्ता ब्रुसले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिँदै भनिन्, "हामी भिसा आवेदन दिने व्यक्तिहरूको मूल्यांकन गर्न उपलब्ध सबै सम्भावित स्रोत र उपकरणको प्रयोग गर्नेछौं।"

उनका अनुसार, चाहे विद्यार्थी हुन् वा अन्य, अमेरिका आउने सबैको पृष्ठभूमि मूल्यांकनमा सामाजिक सञ्जाल गतिविधिलाई विशेष ध्यान दिइनेछ।

यो कदमले अमेरिकी भिसा प्रक्रियामा थप कडाइ र निगरानी ल्याउने स्पष्ट संकेत दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार