देवानगञ्ज। देवानगञ्ज गाउँपालिका का सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न माग गर्दै विद्यालय व्यवस्थापन समिति महासंघ, देवानगञ्जले गाउँपालिकाको शिक्षा शाखा प्रमुख डण्डी केशर खनाललाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ।
ज्ञापनपत्रमा कमजोर शैक्षिक अवस्था सुधार गर्न अनिवार्य शिक्षक उपस्थिति, पाठ्यपुस्तकको समयमै उपलब्धता, आवश्यक शैक्षिक सामग्रीको सुनिश्चितता, छात्रवृत्तिमा पारदर्शिता र विद्यालय निरीक्षणको नियमितताजस्ता कुराहरू समेटिएको छ।
विध्यालय व्यवस्थापन महासंघ देवानगञ्जका अध्यक्ष कुन्दन मेहताले शिक्षा क्षेत्रमा गुणस्तर सुधार गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताउँदै स्थानीय सरकारको सक्रियता अपरिहार्य भएको उल्लेख गरे।
शिक्षा शाखा प्रमुख खनालले महासंघको मागलाई गम्भीरतापूर्वक लिइने र सुधारका लागि पहल थालिने प्रतिक्रिया दिएका छन्। स्थानीय शिक्षक, अभिभावक र विद्यार्थीहरूले यस पहललाई सकारात्मक रूपमा लिएको जनाइएको छ।
ज्ञापन पत्र जस्ताकाे त्यस्तै : 