ट्रेन्डिङ

Logout

गभर्नर नियुक्तिमा देउवाको तेस्रो विकल्प: डा. अंगराज तिमल्सिनाको नाम अघि

8.6k Shares

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि तेस्रो विकल्पको रूपमा डा. अंगराज तिमल्सिनालाई अघि सार्ने तयारी गर्नुभएको छ। 

डा. गुणाकर भट्ट र डा. विश्व पौडेलको योग्यता र वैधानिकतामाथि प्रश्न उठेपछि अर्थशास्त्रमा विद्यावारिधि गरेका र त्रिभुवन विश्वविद्यालयका ‘गोल्ड मेडलिस्ट’ डा. तिमल्सिनालाई गभर्नरका लागि प्रस्ताव गरिएको हो। 

दार्चुलाका तिमल्सिना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र विश्व बैंकको उच्च तहमा लामो समय काम गरेर अनुभव बटुलेका प्रख्यात अर्थशास्त्री मानिन्छन्। 

शुक्रबार बिहान सुदूरपश्चिमका केही नेता र क्षेत्रीय अगुवाहरूले सभापति देउवासँग भेट गरी तिमल्सिनालाई योग्य र विवादरहित उम्मेदवारका रूपमा प्रस्तुत गर्दै गभर्नर बनाउन सुझाव दिएका थिए। उनीहरूले यसपटक सुदूरपश्चिमबाटै गभर्नर नियुक्त गर्नुपर्नेमा जोड दिए। 

भट्टको राजीनामा स्वीकृत नभएका कारण उनलाई गभर्नर बनाउन नसकिएको अवस्थामा सुदूरपश्चिमका अगुवाहरूको टोलीले तिमल्सिनालाई नै अघि सार्न देउवामाथि दबाब दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार