ट्रेन्डिङ

Logout

देवानगञ्ज गाउँपालिका–५ काे अमरसिंह माविमा ५१ सिट क्षमताकाे नयाँ स्कुल बस हस्तान्तरण

10k Shares

सुनसरी।  देवानगञ्ज गाउँपालिका वडा नम्बर ५ मा अवस्थित अमरसिंह माध्यमिक विद्यालयलाई सोमबार एक विशेष समारोहका बीच ५१ सिट क्षमताको नयाँ स्कुल बस हस्तान्तरण गरिएको छ। बस हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।IMG20250505161653.jpgIMG20250505161615.jpg

समारोहमा गाउँपालिका उपाध्यक्ष कुमारी विभा यादव, वडा नम्बर ५ का वडा अध्यक्ष मनोज मण्डल, वडा सदस्य प्रमानन्द पाल, विद्यालयका प्रधानाध्यापक इन्द्रदेव गुप्ता, समाजसेवी अशोक बहादुर बहरदार, सहप्राध्यापक तुलसी प्रसाद गुरागाईं, स्थानीय शिक्षक–अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।IMG20250505163631.jpg

बस हस्तान्तरण गर्दै अध्यक्ष वेचनप्रसाद मेहता पालिकाभित्रका विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारमा प्राथमिकता दिइएको बताउँदै भने, “विद्यालयमा बसको सुविधा उपलब्ध गराउँदा टाढाबाट आउने विद्यार्थीहरूलाई सहज हुनेछ र विद्यालयमा विद्यार्थीहरूको संख्या पनि बढ्ने अपेक्षा गरिएको छ।”IMG20250505161937.jpg

कार्यक्रमको प्रारम्भमा पानसमा बत्ती बालेर उद्घाटन गरिएको थियो। स्वागत मन्तव्य राख्दै सहप्राध्यापक तुलसी प्रसाद गुरागाईंले विद्यालय स्थापना र विकासमा योगदान दिने सबैलाई सम्झँदै आभार व्यक्त गरे।IMG20250505162219.jpg

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा प्रमुख प्रशासकीय अधिकृत सुधीर साफी, शिक्षा शाखा अधिकृत डण्डिकेश्वर खनाल, सशस्त्र प्रहरी बल साहेवगञ्ज BOP का प्रहरी निरीक्षक अनि तामाङ, इलाका प्रहरी कार्यालय साहेवगञ्जका सहायक निरीक्षक उत्तम कार्की लगायतको पनि उपस्थिति रहेको थियो।

विद्यालय प्रशासन र समुदायले विद्यालयमा बसको व्यवस्था गरिदिएकोमा देवानगञ्ज गाउँपालिकाप्रति आभार प्रकट गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार