2.7k
Shares
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेको हो । अघिल्लो दिन १ लाख ९१ हजार रुपैयाँका कारोबार भएको सुन मंगलबार बढेर तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
यसैबिच चाँदीको मूल्य पनि सामान्य बढेको छ । सोमबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढिरहेकाले स्थानीय बजारमा पनि यसको असर परेको महासंघले जनाएको छ ।