Logout

विचार र बहसको केन्द्र बन्दै जनकपुर: तीन दिने साहित्य महोत्सव सुरु

2k Shares

जनकपुर, माघ २३ - मिथिला सभ्यताको केन्द्र जनकपुरधाममा साहित्य, कला र संस्कृतिको त्रिदिवसीय महोत्सव हुने भएको छ। "धरातल, संस्कृति र संस्कारको उत्सव" थिमका साथ माघ २४ देखि २६ गतेसम्म हुने छैटौं जनकपुर साहित्य महोत्सवमा १४ वटा विशिष्ट विषयमा छलफल हुनेछ।

नव मिथिला फाउन्डेसनद्वारा आयोजित यस महोत्सवमा ख्यातिप्राप्त लेखक सीके लालको विद्वत् प्रवचनसँगै कुलमान घिसिङले 'उज्यालोको यात्रा' र भारतीय लेखक सुबोधचन्द्र भारतीयले 'सीता र रोटीबेटीको सम्बन्ध' विषयमा आफ्ना विचार राख्नेछन्।

महोत्सवमा परराष्ट्र नीति, उद्यमशीलता, साहित्य र आन्दोलन, डिजिटल युगमा पठन संस्कृति जस्ता समसामयिक विषयमा गहन छलफल हुनेछ। विशेष आकर्षणको रूपमा १० विद्यालयका ६० विद्यार्थीले 'इएह छी हमर जनकपुर' गीतको सामूहिक प्रस्तुति दिनेछन्।

फाउन्डेसनका उपाध्यक्ष आदित्य नेपालका अनुसार यस वर्षको अमित झा स्मृति साहित्य सङ्गीत पुरस्कार स्वर्गीय गुरुदेव कामतको परिवारलाई प्रदान गरिनेछ। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार