Live ताजा अपडेट

Logout

विपक्षीको अडानका बिच प्रतिनिधि सभाको बैठक बस्दै

विपक्षीको अडानका बिच प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । यसअघि जेठ २० गतेदेखि लगातार अवरुद्ध रहेको बैठक शुक्रबार बस्दै नबसी आज अपराहन्न १ बजेसम्मका लागि स्थगित भएको थियो । 

संसदको अवरोध खुलाउने प्रयास जारी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विपक्षी दलहरु र कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । 

माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको 'सेफ ल्यान्डिङ' खोजेको दाबी गरिएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा रहेको छ ।

आजको बैठकमा जेठ १५ गते संसदमा अर्थमन्त्री विष्णुप्रसाद  पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल गर्ने तालिका रहेको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ