हुम्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारका वर्षासहितको बाढीले क्षति पुर्याएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार बिहीबार बिहान बाढीले पसल र घरहरुमा क्षति पुर्याएको हाे ।यद्यपि विवरणहरु अझै आउन बाँकी रहेको उनले रातोपाटीलाई बताए ।
खाद्य व्यवस्थापन कार्यालयमा पनि क्षति पुगेको उनको भनाइ छ । स्थानीयका अनुसार १० भन्दा बढी घर तथा पसलमा क्षति पुगेको छ । अदानचुली गाउँपालिका–३ का आइते बुढाको बाख्राको गोठ भत्किदा २६ बाख्रा मरेका छन् । अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले क्षति ठुलो मात्रामा भएको र अहिले प्रहरीले विवरण संकलन गर्ने काम गरिरहेको बताए । बाढीले अमृत बुढाको पसल बगाएको छ भने आसपासका ११ पसलमा क्षति पुर्याएको हुम्लाका पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।
हुम्लाको श्रीनगरमा वर्षासहितको बाढी, १० भन्दा बढी पसल र घरमा क्षति
6.1k
Shares
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.




