Live ताजा अपडेट

Logout

ग्लोबल आइएमईले ५.५ प्रतिशत बोनस सेयर दिने

ग्लोबल आइएमईले ५.५ प्रतिशत बोनस सेयर दिने

ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्ना सेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने भएको छ । उक्त बैङ्कको १८ औँ वार्षिक साधारण सभाले लाभांश दिने प्रस्ताव पारित गरेको हो ।

बिहीबार सम्पन्न साधारण सभाले सञ्चालक समितिका तर्फबाट बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरणपछि कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।

बैङ्कले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपियाँ सञ्चालन मुनाफा र छ अर्ब १३ करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपछि बैङ्कको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपियाँ पुग्ने बैङ्कले जनाएको छ ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ