संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत
7.8k
Shares
काठमाडौँ, ५ जेठ : सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि सहमत भएका छन् ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धन र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफलमा संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत भएका कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । लेखकका अनुसार छानबिन समितिको कार्यादेश (टिओर) भोलि आइतबार बिहान छलफलपछि टुङ्गो लगाइने छ ।
“सदनमा भइरहेको गतिरोध अन्त्यका लागि छानबिन समिति बनाएर जानुपर्छ भन्नेमा सकारात्मक छलफल भयो । सँगसँगै समितिको कार्यादेश के हुने भन्ने विषयमा पनि काम गर्ने कुरा भएको छ । समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक दलहरुबीच समान धारणा बनेको छ । आजका लागि यसलाई उपलब्धीमूलक र सकारात्मक नै मान्नुपर्छ”, लेखकले भन्नुभयो ।
छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुनमन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेताहरु बसेर त्यसलाई मूर्तरुप दिइने पनि उहाँले बताउनुभयो । छानबिन समिति गठन गर्ने सहमति भएसँगै समितिको कार्यादेश निर्धारणका लागि तयारी थालिएको र भोलिको संसद् बैठक सहजरुपमा अघि बढ्ने विश्वास लिइएको उहाँको भनाइ छ ।
छानबिन समिति गठन गर्ने विषयमा आज चरणवद्धरुपमा छलफल भएको थियो । सुरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सभामुख देवराज घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, कानुनमन्त्री पदम गिरीलगायतसँग छलफल गर्नुभएको थियो । सभामुखसँगको छलफलपछि प्रधानमन्त्री दाहालसहित सत्तारुढ दलका नेताहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, प्रमुख सचेतक लेखकलगायतसँग छलफल गर्नुभएको थियो ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसदमा अवरोध गर्दै आएको थियो ।---
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ
१.
ट्रम्पको शान्ति प्रस्तावप्रति युरोप सशंकित, पुटिनलाई युद्ध चर्काउने अवसर!
२.
किन अचानक अन्तर्राष्ट्रिय फुटबलबाट टाढिए रोनाल्डो ? प्रशिक्षकसँगको विवाददेखि ४१ वर्षको उमेरसम्मका ५ कारण
३.
जापोरिजियाको विद्यालयमा रुसी बम आक्रमण : ३३ जनाको मृत्यु, ५० भन्दा बढी बेपत्ता
४.
हेलिकप्टर दुर्घटनामा घाइते तीन जनाको कस्तो छ अवस्था ?
५.
मध्यावधि निर्वाचनमा रिपब्लिकनको हारपछि ट्रम्पमाथि महाभियोगको दबाब, के पद गुम्ला?
६.




