Live ताजा अपडेट

Logout

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

राष्ट्रियसभाको बैठक पनि सर्‍यो

काठमाडौँ, ६ जेठ : दिउँसो १ बजेर १५ मिनेटका लागि तय गरिएको राष्ट्रियसभाको बैठक दुई घण्टाका लागि सारिएको छ । 

संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले दिउँसो ३ बजेर १५ मिनेटमा बस्नेगरी बैठक तय भएको जानकारी दिनुभयो । 

सहकारीको रकम अपचलनका सम्बन्धी संसदीय छानबिन समिति गठनका लागि कार्यादेश टुङ्गो लगाउन अहिले सत्तापक्ष दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल चलिरहेको छ । कार्यादेश टुङ्गो लाग्न नसकेपछि बैठक सारिएको हो । यसअघि प्रतिनिधिसभाको बैठक पनि दिउँसो दुई बजे बस्ने गरी सारिएको थियो । 

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ