Live ताजा अपडेट

Logout

इलाम उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इलाम उपनिर्वाचनः मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्गलबारे (इलाम), २२ चैतः प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

इलाम बजारस्थित बार एशोसिएसनको भवनमा स्थापना भएको सो कार्यालयको निर्वाचन आयुक्त डा जानकी तुलाधरले आज उद्घाटन गर्नुभएको हो । कार्यालय स्थापनाका लागि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त डा तुलाधरले स्वच्छ, स्वतन्त्र र विश्वसनीय ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । 

त्यस अवसरमा इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले इलाममा निर्वाचन सम्पन्न गर्न सुरक्षाका हिसाबले कुनै चुनौती नरहेको बताउनुभयो । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । यहाँको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २० राजनीतिक दल दर्ता भएका छन् ।

ताजा अपडेट

जनमत (Public Poll)

Live
वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गरिरहेको छ?
पूर्ण रूपमा गरिरहेको छ 0% (0)
केही हदसम्म गरिरहेको छ 0% (0)
अपेक्षाभन्दा कमजोर छ 100% (1)
बिल्कुलै गरिरहेको छैन 0% (0)
अहिले नै मूल्यांकन गर्न सकिँदैन 0% (0)
जम्मा मत: 1
ट्रेन्डिङ