ट्रेन्डिङ

Logout

प्रधानमन्त्री शाह र इयु राष्ट्रका राजदूतबीच मंगलबार संवाद

104 Shares

प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयु) का सदस्य राष्ट्रहरूको प्रतिनिधित्व गर्ने गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग मंगलबार संयुक्त भेटवार्ता गर्ने भएका छन्।

 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुने उक्त कार्यक्रममा नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्धको विस्तार तथा आपसी सहकार्यका विभिन्न पक्षबारे विचार–विमर्श गरिनेछ।

 

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले नेपाल र इयु सदस्य राष्ट्रहरूबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यले संवाद आयोजना गरिएको जानकारी दिएकी छन्।

 

यसअघि पनि प्रधानमन्त्री शाहले चैत २५ गते नेपालमा रहेका विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक छलफल गरेका थिए, जसमा आपसी हित र सहकार्यका विषय उठाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार