ट्रेन्डिङ

Logout

भन्सार छलीका कपडा र लेदर ब्याग बरामद

1k Shares

सुनसरी । सशस्त्र प्रहरी बल कप्तानगञ्जले देवानगञ्ज गाउँपालिका क्षेत्रबाट भन्सार छली गरी नेपाल भित्र्याइँदै गरेको लाखौँ मूल्य बराबरको कपडा तथा लेदरका ब्याग बरामद गरेको छ।

बिहीबार राति अन्दाजी १०:५५ बजे देवानगञ्ज गाउँपालिका वडा नं. १ स्थित मध्यहर्षाही क्षेत्रमा भारतबाट अवैध रूपमा मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अन्दाजी रु. २ लाख १५ हजार बराबरको तन्ना तथा लेदरका ब्याग बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

सीमा सुरक्षा गुल्म हे.क्वा. कप्तानगञ्जबाट सशस्त्र प्रहरी निरीक्षक नेत्रबहादुर भुजेलको कमाण्डमा खटिएको १० सदस्यीय मोबाइल गस्ती टोलीले गस्तीका क्रममा उक्त सामान फेला पारेको हो।

गस्ती टोलीलाई देख्नासाथ सामान बोकेको व्यक्ति मोटरसाइकलसहित फरार भएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान सीमा सुरक्षा गुल्म कप्तानगञ्जमा ल्याई राखिएको तथा घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार