ट्रेन्डिङ

Logout

पूर्वप्रधानमन्त्री ओली अस्पताल भर्ना, मुटु र मिर्गौला समस्या कारण निगरानीमा

2.8k Shares

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ। स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई अस्पतालको ५०१ नम्बर बेडमा राखेर उपचार सुरु गरिएको अस्पताल स्रोतले जनाएको छ।

दुईपटक मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीलाई ‘मल्टिपल हेल्थ इश्यु’ का कारण जोखिम हुन सक्ने देखिएपछि चिकित्सकहरूको निगरानीमा राखिएको हो। प्रारम्भिक परीक्षणमा ‘चेस्ट पेन’ तथा ‘पाल्पिटेशन’ (मुटुको धड्कन असामान्य हुने समस्या) देखिएको बताइएको छ।

अस्पतालले उनलाई इसीजी मनिटरमा राखेर मुटुको गतिविधि निरन्तर निगरानी गरिरहेको छ भने मिर्गौला सम्बन्धी विशेषज्ञ चिकित्सकहरूको टोलीले पनि स्वास्थ्य अवस्थाको नजिकबाट अनुगमन गरिरहेको छ। यसअघि मिर्गौला प्रत्यारोपणपछि पनि उनलाई सोही बेडमा राखेर उपचार गरिएको थियो।

यता प्रहरी स्रोतका अनुसार अदालतमा म्याद थपका लागि शनिबार उपस्थित गराउन सम्भव नभएकाले आइतबार पेश गर्ने तयारी गरिएको छ। सुरुमा उनलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राख्ने योजना बनाइए पनि स्वास्थ्य अवस्था जटिल देखिएपछि अस्पतालमै राखेर उपचारलाई प्राथमिकता दिइएको हो।

अहिलेसम्मको अवस्थाअनुसार ओलीको स्वास्थ्य स्थिर रहेको जनाइएको छ। तर चिकित्सकहरूले अझै ‘क्लोज मोनिटरिङ’ आवश्यक रहेको बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार