3.9k
Shares
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा एमालेले संघीय राजधानी काठमाडौंमा सडक प्रदर्शन सुरु गरेको छ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सचिवालय बैठक जारी रहेका बेला एमाले कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा सडकमा उत्रिएका हुन्। प्रदर्शनमा सहभागी कार्यकर्ताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै विरोध जनाइरहेका छन्।
प्रदर्शनकारीहरूले ‘प्रतिशोधपूर्ण राजनीति बन्द गर’ लगायतका नारा लगाउँदै अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका छन्।
सरकारले शनिबार बिहान एमाले अध्यक्ष ओलीलाई पक्राउ गरेपछि पार्टी नेताहरूले सडक आन्दोलनमा उत्रने चेतावनी दिएका थिए। त्यसपछि विरोधका कार्यक्रम तय गर्न एमालेले आकस्मिक बैठक बोलाएको हो।