ट्रेन्डिङ

Logout

ओली पक्राउपछि एमाले आक्रोशित, च्यासलमा सचिवालय बैठक बोलाइयो

3.1k Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीभित्र छलफल गर्न एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ।

 

एमाले महासचिव शंकर पोखरेलले ओलीको गिरफ्तारीबारे रणनीति तय गर्न आज बिहान साढे ८ बजे ललितपुरस्थित पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बोलाएका हुन्।

 

सचिवालय बैठकपछि केन्द्रीय सदस्यहरू र जिल्ला अध्यक्षहरूसँग पनि छुट्टै बैठक बस्ने कार्यक्रम तय गरिएको छ। ती बैठकमार्फत ओलीको गिरफ्तारीविरुद्ध गरिने विरोध कार्यक्रम र त्यसको स्वरूप निर्धारण गरिने एमाले नेताहरूले बताएका छन्।

 

एमाले सचिव महेश बस्नेतले सचिवालय बैठकपछि पार्टीले गर्ने विरोध कार्यक्रमबारे विस्तृत जानकारी सार्वजनिक गरिने बताएका छन्।

 

एमालेले अध्यक्ष ओलीको गिरफ्तारीलाई प्रतिशोधपूर्ण कदम भएको आरोप लगाउँदै त्यसविरुद्ध आन्दोलनको तयारी गरिरहेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार