ट्रेन्डिङ

Logout

रास्वपाको संसदीय दलको नेतामा बालेन सर्वसम्मत चयन हुने

2.6k Shares

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा बालेन्द्र शाह (बालेन)लाई सर्वसम्मत रूपमा चयन गर्ने तयारी गरेको छ। पार्टीभित्र सहमतिका आधारमा नेतृत्व चयन गर्ने नीति अनुसार मतदान नगरी नै उनलाई संसदीय दलको नेतामा चयन गर्न लागिएको हो।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बालेनलाई यसअघि नै प्रधानमन्त्रीका रूपमा अगाडि सारिएको थियो, जसअनुसार संसदीय दलको नेतामा पनि सर्वसम्मत चयन गर्ने सहमति बनेको हो। बालेन रास्वपाका वरिष्ठ नेतासमेत भएकाले उनको नेतृत्वमा पार्टी अघि बढ्ने विश्वास गरिएको छ।

यसका लागि चैत १२ गते रास्वपाको केन्द्रीय समिति बैठक बस्ने तय भएको छ, जसले औपचारिक रूपमा बालेनको नेतृत्वलाई अनुमोदन गर्नेछ।

सोही दिन नवनिर्वाचित सांसदहरूले शपथ लिने तयारी गरिएको छ भने चैत १३ गते रास्वपाले सरकार गठन गर्ने तयारी समेत अगाडि बढाएको छ। यससँगै नेपाली राजनीतिमा नयाँ शक्ति र नेतृत्वको उदय हुने संकेत देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार