ट्रेन्डिङ

Logout

सपोर्ट लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

3.1k Shares

सुनसरी । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड अन्तर्गत अमाहीबेल्हा शाखाले Global Money Week 2026 को अवसरमा एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

मिति २०८२ साल चैत ६ गते शुक्रबारका दिन बर्जु गाउँपालिका–२ स्थित राम सीता माध्यमिक विद्यालय को सभा हलमा आयोजित उक्त कार्यक्रममा कक्षा १२ का करिब ५० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो।

IMG-20260320-WA0034.jpg

“Smart Money Talks” नारासहित सञ्चालन भइरहेको ग्लोबल मनि विक २०२६ चैत २ देखि ८ गतेसम्म (मार्च १६–२२, २०२६) नेपालसहित विश्वभर मनाइँदैछ। यस अभियानको मुख्य उद्देश्य युवाहरूमा वित्तीय सचेतना अभिवृद्धि गर्दै जिम्मेवार आर्थिक व्यवहारको विकास गर्नु रहेको छ।

IMG-20260320-WA0029.jpg

कार्यक्रमको संयोजन अमाहीबेल्हा शाखाका शाखा प्रमुख बिनोद कुमार मेहता ले गर्नुभएको थियो। साथै, संस्थाको केन्द्रीय कार्यालय अन्तर्गत आन्तरिक लेखा परीक्षण विभागका संजय कुमार चौधरी तथा सोकेन्द्र कुमार राय ले प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो।

IMG-20260320-WA0030.jpg

प्रशिक्षणका क्रममा विद्यार्थीहरूलाई बचतको महत्व, आय–व्यय व्यवस्थापन, वित्तीय अनुशासन, डिजिटल वित्तीय सेवा तथा पूँजी बजारसम्बन्धी जानकारी प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सूर्य नारायण मेहता, सहायक प्रधानाध्यापक चन्दन यादव लगायत शिक्षक–कर्मचारीहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा सहायक प्रधानाध्यापक यादवलाई मायाको चिनोस्वरूप घडी प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले प्राप्त ज्ञानले आफ्नो दैनिक जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। साथै, संस्थाले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार