2.4k
Shares
जेनजी प्रदर्शनसम्बन्धी घटनाको छानबिन गर्न गठन गरिएको आयोगका पदाधिकारीहरू प्रतिवेदन बुझाउन सिंहदरबार पुगेका छन्।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको जाँचबुझ आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।
सरकारले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनबारे छानबिन गर्न असोज ५ गते उक्त आयोग गठन गरेको थियो। आयोगमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुन व्यवसायी विश्वेश्वर भण्डारी सदस्यका रूपमा रहेका छन्।