ट्रेन्डिङ

Logout

अमरेश सिंहको अग्रता कायमै, गगन थापा ११ सय ३३ मतले पछाडि

2.5k Shares

सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेशकुमार सिंहको अग्रता कायमै रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार सिंहले नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापालाई एक हजार १३३ मतले पछि पार्नुभएको छ ।

रास्वपाका सिंहले दुई हजार ८४७ मत प्राप्त गर्दा थापाले एक हजार ७१४ मत प्राप्त गर्नुभएको छ । अहिले रास्वपाका उम्मेदवार सिंहको गृहनगर बलरा नगरपालिकाको मतगणना चलिरहेको छ ।

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही ४ बाट ७७ हजार ९३१ मत खसेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार