ट्रेन्डिङ

Logout

म निर्वाचित भएपछि सुनसरी-४ मा कायापलट भएको छ : कार्की

2.2k Shares

नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले सांसद बनेपछि आफूले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा विकासको मूल फुटाएको दाबी गरेका छन् । 

IMG20260302155936.jpg

घरदैलो कार्यक्रमपछि आयोजित आमसभालाई सम्बोधन गर्दै कार्कीले २०७४ सालयता आफूले सांसदका रूपमा क्षेत्र विकासका लागि अहोरात्र काम गरेको बताएका हुन् । 

IMG20260302154731.jpg

पार्टीले २०७४ सालमा आफूलाई उम्मेदवारका रूपमा पठाउँदा यस क्षेत्रको भुगोल संस्कृति र हावापानीबारे अनभिज्ञ रहेको उल्लेख गर्दै उनले त्यसबेला सडक र पुलपुलेसो बनाउँछु भनेर गरेको प्रतिज्ञा पूरा गरेको बताए ।

IMG20260302154734.jpg

यसैगरी उनले २०७९ मा चुनाव जितेर संघीय सांसद भएपनि अप्रत्याशित रूपमा हुन लागेको चुनावभन्दा अगावै धेरै काम बाँकी रहेको सुनाउँदै अब तेस्रोपटक यहाँबाट निर्वाचित भएमा अधुरा योजनलाई पूर्णता दिने बताए ।

यस क्षेत्रलाई देशकै समृद्ध र समुन्नत निर्वाचन क्षेत्र बनाउने आफ्नो सपना रहेको कार्कीको भनाइ छ । सांसद आफ्ना लागि नयाँ नभएकोले संघीय संसदमा प्रभावकारी भूमिका खेल्ने कुरामा कुनै दुईमत नरहेको उनले सुनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार