ट्रेन्डिङ

Logout

मौन अवधिअघि एकरहिया गाउँका युवाहरू चुनाव प्रचारमा सक्रिय

8.3k Shares

महोत्तरी । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत आजबाट मौन अवधि सुरु हुन लागेसँगै एकरहिया गाउँका युवाहरू चुनाव प्रचार–प्रसारमा सक्रिय रूपमा जुटिएका छन्। मौन अवधि लागू हुनुअघि अन्तिम चरणको प्रचारलाई तीव्र बनाउँदै स्थानीय युवाहरू गाउँ–टोलमा मतदातासँग भेटघाट र जनसम्पर्क अभियानमा लागेका हुन्।

युवाहरूले साँझको समयमा समेत समूह बनाएर मतदातालाई भेट्दै चुनावी माहोललाई थप उत्साहित बनाएका छन्। गाउँमा चुनावी चहलपहल बढ्दै गएको र युवाहरूको सक्रिय सहभागिताले निर्वाचनप्रति नागरिकको चासो पनि बढेको स्थानीयले बताएका छन्।

मौन अवधि सुरु भएपछि कुनै पनि प्रकारको प्रचार–प्रसार गर्न नपाइने भएकाले अन्तिम समयमा युवाहरू प्रचार अभियानलाई प्रभावकारी बनाउन केन्द्रित देखिएका छन्। गाउँमा शान्तिपूर्ण र उत्साहपूर्ण वातावरणमा चुनावी गतिविधि सञ्चालन भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार