5.7k
Shares
राष्ट्र निर्माण दल नेपालले आगामी प्रतिनिधिसभा निर्वाचनअन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ मा जसपा नेपालकी उम्मेदवार डा. मीनाक्षी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
दलले जारी गरेको विज्ञप्तिअनुसार उक्त क्षेत्रमा जसपा नेपालकी उच्च शिक्षित महिला तथा मधेशकी होनहार छोरी डा. ठाकुरलाई समर्थन गर्ने औपचारिक निर्णय गरिएको जनाइएको छ। साथै अन्य निर्वाचन क्षेत्रहरूमा भने राष्ट्र निर्माण दल नेपाल र जसपा नेपालबीच स्वस्थ प्रतिस्पर्धा रहने उल्लेख गरिएको छ।

विज्ञप्तिमा महोत्तरी–३ लगायत देशभर राष्ट्र निर्माण दल नेपालका समर्थकहरूलाई समानुपातिकतर्फ “पनीको बोतल” चुनाव चिन्हमा मतदान गर्न आह्वान गरिएको छ।
उक्त विज्ञप्ति राष्ट्र निर्माण दल नेपालका प्रवक्ता अपराज मण्डलद्वारा जारी गरिएको हो।