ट्रेन्डिङ

Logout

सर्लाहीमा डा. जेपी यादवमाथि दुर्व्यवहार, जसपा नेपालको आपत्ति

2.8k Shares

सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. जेपी यादव माथि बागमती क्षेत्रमा दुर्व्यवहार भएको घटनाप्रति जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) ले आपत्ति जनाएको छ।

डा. यादवले बुधबार दिउँसो चुनावी भेटघाटका क्रममा आफूमाथि असभ्य व्यवहार गरिएको बताएका छन्। उनका अनुसार घटनाका क्रममा आफूलाई जातीय रूपमा होच्याउने शब्द प्रयोग गरिएको थियो।

लोकतान्त्रिक अभ्यासअन्तर्गत मतदातासँग संवाद गरिरहेका बेला यस्तो घटना भएको दाबी गर्दै उनले मधेशी समुदायमाथि हुने कुनै पनि प्रकारको विभेद अस्वीकार्य हुने स्पष्ट पारे। घटनाप्रति कडा आपत्ति जनाउँदै दोषीमाथि कारबाही गर्न उनले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनामा संलग्न रहेको आरोपमा स्थानीय प्रशान्त वाइबालाई नियन्त्रणमा लिइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार