ट्रेन्डिङ

Logout

महोत्तरी–३ मा जसपाको घरदैलो अभियान तीव्र, जिततर्फ निर्णायक मोड — अजय झा

7.5k Shares

महोत्तरी क्षेत्र नं. ३ मा जनता समाजवादी पार्टी नेपाल (जसपा) को घरदैलो अभियान तीव्र रूपमा अघि बढिरहेको छ। अत्यन्तै प्रतिस्पर्धात्मक मानिएको यस निर्वाचन क्षेत्रमा जसपाको पक्षमा माहोल क्रमशः सुदृढ बन्दै गएको दाबी पार्टी नेतृत्वले गरेको छ।

जसपाकी उम्मेदवार डा. मिनाक्षी ठाकुर ले गाउँ–टोल, बस्ती–बजारमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै पार्टीका एजेन्डा प्रस्तुत गरिरहेकी छन्। शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, युवा रोजगारी, समावेशी विकास र मधेसको अधिकारजस्ता मुद्दालाई केन्द्रमा राखेर गरिएको घरदैलो अभियानले जनतामा सकारात्मक सन्देश प्रवाह गरिरहेको जसपाले जनाएको छ।

3.jpeg

जसपाका सचिव अजय झा ले अभियानको प्रभाव उल्लेखनीय रहेको बताउँदै पार्टीको जित निश्चिततर्फ उन्मुख भएको दाबी गरे। “मन मे छाता, मत मे छाता” भन्ने नारासहित उनले मतदातालाई छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै भने, “यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, परिवर्तन र अधिकारको आन्दोलन हो।”

1.jpeg

पार्टी स्रोतका अनुसार घरदैलो अभियानमा महिला, युवा, किसान, श्रमिक र बुद्धिजीवी वर्गको उल्लेखनीय सहभागिता देखिएको छ। स्थानीय मुद्दामा आधारित संवाद, प्रत्यक्ष भेटघाट र भरोसामूलक नेतृत्वका कारण जसपाको समर्थन निरन्तर बढ्दै गएको जनाइएको छ।

5.jpeg

जसपाले महोत्तरी–३ मा देखिएको यो जनलहरलाई “विजयी आन्दोलन” को संज्ञा दिँदै आगामी दिनमा अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने रणनीति अघि सारेको छ। पार्टी नेतृत्वको दाबीअनुसार जनताको भरोसा, संगठनात्मक एकता र स्पष्ट एजेन्डाका कारण जसपा यस क्षेत्रमा जिततर्फ निर्णायक चरणमा प्रवेश गरिसकेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार