जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) को चुनावी गतिविधि तीव्र बन्दै गएको छ। प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रमेश्वर साहको नेतृत्वमा घरदैलो अभियान प्रभावकारी रूपमा अघि बढिरहेको पार्टीले जनाएको छ।

जसपा कार्यकर्ताहरू यतिबेला टोल–टोल पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। घरदैलो अभियानमार्फत पार्टीले आफ्ना राजनीतिक एजेण्डा, विकासका योजना तथा क्षेत्रीय मुद्दाहरू प्रस्तुत गर्दै मतदाताको साथ खोजिरहेको छ।
जसपा जनकपुरधामका नगर सचिव प्रशान्त झाले धनुषा–३ मा पार्टीको पक्षमा सकारात्मक माहोल बन्दै गएको दाबी गरेका छन्। उनले भने, “मन मे छाता, मत मे छाता,” भन्दै मतदातालाई छाता चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।

उनका अनुसार युवा, महिला तथा विभिन्न समुदायको उल्लेख्य सहभागिताले अभियान थप उत्साहजनक बनेको छ। पार्टीले आगामी दिनमा पनि अभियानलाई अझ सशक्त बनाउँदै जनताको घरदैलोमा पुग्ने रणनीति लिएको जनाएको छ।
धनुषा–३ यस पटकको निर्वाचनमा चासोका साथ हेरिएको क्षेत्र मानिएको छ, जहाँ प्रमुख दलहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको