विराटनगर उपमहानगरपालिका वडा नं.–४ स्थित नोबेल मेडिकल कलेज गेटको उत्तरतर्फ आजदेखि ‘किङ्ग बिरयानी हाउस’ औपचारिक रूपमा सञ्चालनमा आएको छ।
सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा नं.–६ निवासी परेश मेहता, प्रकाश मेहता र प्रदीप मेहता तीन दाजुभाइको संयुक्त लगानीमा उक्त होटल सञ्चालनमा ल्याइएको हो।
उद्घाटन समारोहमा बोल्दै सञ्चालक परेश मेहताले विदेश जाने सोच त्यागेर आफ्नै देशमा केही गर्ने उद्देश्यका साथ होटल व्यवसाय सुरु गरिएको जानकारी दिए। उनले नोबेल मेडिकल कलेजजस्तो ठूलो अस्पताल नजिक होटल सञ्चालन गर्दा उपचारका लागि आउने बिरामीका कुरुवा, आफन्त तथा अन्य आगन्तुकहरूलाई सहज हुने विश्वास व्यक्त गरे।
यसैगरी अर्का सञ्चालक प्रकाश मेहताले होटल व्यवसायमार्फत आत्मनिर्भर बन्ने लक्ष्य लिइएको उल्लेख गर्दै भने, “विदेश गएपछि परिवारबाट टाढिनुपर्ने बाध्यता हुन्छ, तर यहीँ केही गरेर आफ्नै घरपरिवारसँगै बस्ने सोचले यो व्यवसाय सुरु गरेका हौं।”
किङ्ग बिरयानी हाउसमा चिकेन मोमो, भेज मोमो, चिकेन चाउमिन, भेज चाउमिन, भेज बिरयानी, नन–भेज बिरयानी, साथै चिया, चिसो तथा विभिन्न पेय पदार्थहरू र स्पेसल मटका चिया उपलब्ध रहेको सञ्चालकहरूले जानकारी दिएका छन्।

अर्का भाइ प्रदीप मेहताका अनुसार ग्राहकको सुविधालाई ध्यानमा राख्दै कञ्चनबारी क्षेत्रभित्र होम डेलिभरी सेवा समेत सुरु गरिएको छ।

स्वच्छता, स्वाद र उचित मूल्यलाई प्राथमिकतामा राखेर सञ्चालनमा आएको किङ्ग बिरयानी हाउसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै व्यवसायिक क्षेत्रमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।